म त छोरा देशको मेरो देश नेपाल

म त छोरा देशको
मेरो देश नेपाल
शिर मेरो सगरमाथा
तराई मेरो छाती
जोगाई राख्नु छ बाघ भालू,
हात्ती गैडा याक ……………
सानै उमेरको शुरीलो स्वरका धनी मानिएका दैलेखका बाल गायक डेकेन्द्र थापाले अहिले काठमाण्डौंका ठूला समारोहमा समेत आफ्नो प्रतिभा देखाउँदै आफ्नो र दैलेखको ईज्जत  राख्न सफल भएका छन् ।
२०५६ साल असोज १८ गतेका दिन जन्मेका नारायण नगरपालिका वडा नं.२ निवासी दिनेश थापा र हरिमायाँ थापाको एकमात्र छोराका रुपमा रहेका कोकील कन्ठ स्वरका धनी डेकेन्द्र थापासँग आजको अंकमा पत्रकार जनक न्यौपानेले गरेको कुराकानी आजको व्यक्ति बिशेष समय सन्र्दभमा पश्केका छौं ।
सानै उमेरदेखी संगीतका पारखी बन्न सफल भई दैलेखमा भएका विभिन्न प्रतियोगितामा प्रथम पुरस्कार समेत प्रदान गरेका बाल गायक डेकेन्द्र थापा अहिले काठमाण्डौंमा आफ्नो कलाकारिता सँगै अध्ययनको सिलसिलामा गएका छन् ।
तपाँईले कहिलेदेखी गित गाउन थाल्नु भयो ?
मैले ७ बर्षको उमेर देखि गित गाउन थालेँ २०६३ सालमा श्री खड्क प्राविले विद्यालयमा लोकगित प्रतियोगिताको अयोजना गरेको थियो त्यही कार्यक्रममा मैले पहिलोपटक औपचारीक रुपमा गित गाउने अवसर पाएँ र त्यही दिनबाट गित गाउन सुरु भयो ।
गित गाउने प्रेरणा कसले दियो ?  
सानै छँदा आमाको असामहिक निधन भयो उहाँको निधन पछि मेरो बुवा दिनेश थापा र कान्छी आमाको मायाँ प्रेमबाटै सुरुवात गरें यसमा सवैभन्दा बढी देन मेरो बुवा दिनेश थापाको रहेको छ । जिल्लामा हुँदा त बुवाले गित संगित र नाटक समेत आफुलाई सिकाउनु भयो अहिले मलाई काठमाण्डौंमा बसोवास गर्नुहुने दैलेखकै मेरो प्रगतिको महत्वपुर्ण हिस्सा राख्ने निर्मला गिरीले मलाई काठमाण्डौंमै गित संगित र पठनपाठनको व्यवस्था गरिदिनुभएको छ । अहिले काठमाण्डौंमै बसेको छु ।
हालसम्म कतिवटा औपचारिक कार्यक्रममा तपाँईले जित हात पार्नु भएको छ ?
२०६३ सालमा सर्वप्रथम विद्यलय स्तरीय लोकगितमा प्रथम भएँ त्यसपछि झनै हौसला बढेर आयो । २०६६ सालमा दैलेख बजारको टुँडीखेलमा रेडियो ध्रुवतारा सामुदायित एफएमले स्वर्गीय गायक कुमार कान्छाको सम्झनामा गरिएको साँस्कृतिक कार्यक्रममा गाएको गितबाट मैले जिल्लाभरीबाट स्यावासी पाएँ । त्यसपछि मलाई झनै गित गाउने प्रेरणा मिल्यो । २०६८ सालमा पंचकोशी एफएमले आयोजना गरेको दैलेखी तारामा प्रथम भएँ । त्यही कार्यक्रमले मैले काठमाण्डौं जाने अवसर पाएँ त्यसवेला निर्मला गिरी दैलेख आउनु भएको थियो मेरो प्रतिभा र मेरो समस्यालाई बुझेर उहाँले मलाई काठमाण्डौं ल्याउनुभयो । २०६९ सालको  राष्ट्रिय बालदिवसको दिनमा देशव्यापी वालगित प्रतियोगितामा पनि काठमाण्डौंमा भाग लिने अवसर पाएँ र प्रथम भएँ । रेस्क्यू नेपालको आयोजनामा भएको संगित कार्यक्रममा समेत प्रथम भएँ, नेपाल टेलिभिजनको कार्यक्रम खोजि प्रतिभाकोमा अतिथिको रुपमा सहभागि भएँ त्यसले मेरो सँगै दैलेखको समेत ईज्जत जोगिएको छ । जिल्ला बाहेक काठमाण्डौंमा भएका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा निर्मला गिरीकै सहयोगका कारण आज यो स्थानमा पुग्न सफल भएको छु । उहाँको यो गुन र ऋण तिर्न मैले सक्दिन होला । त्यसैले मैले बारम्वार उहाँप्रति आभार व्यक्त गर्न चाहान्छु ।
अहिलेसम्मको दुःखको क्षेण सम्झँदा केलाई सम्झनुहुन्छ ?
म सानै छँदा मेरो आमाको मृत्यु भएको थियो आफु ७ बर्षको थिएँ त्यो निधन मेरो पछिसम्मको पनि दुःखको क्षेण हुनेछ त्यही पीडाले मलाई गित गाउन अभिप्रेररित     गरेको हो । आमाको मायाँ कस्तो हुन्छ भन्ने भोग्न पाईन, आमाको काखको मायाँ पाउन पाईन, एउटा बालकलाई हुर्कन, बढ्न, पढ्न र अन्य कामको लागि आमा निकै महत्वपूर्ण हुँदो     रहेछ त्यो अभाव मैले भोगें तर मलाई मेरो बुवाले साथ दिनुभयो त्यसमा भने खुशी छु ।
अहिले कुन–कुन गितहरु बजिरहेका छन्
मेरो दुईवटा गितहरु अहिल बजिरहेका छन् १. आमा तिम्रो मुहार छ । चन्द्रमाको चाँदनीमा र आमा तिमीलाई छोडीजाने  मन मेरो थिएन भन्ने गित बजिरहेका छन् ।
गितले कुनै घटनासँग जोडिएको कुरा दर्शाएको छ । संगित कसले गरेको हो ?
पहिलो गित मेरो जिन्दगी सँग सँग प्रतिविम्वित छ यसको संगित र स्वर अनि रचना बुवाको सहयताले मैले आफैले गरेको हुँ । दोस्रो गित मेरो जीवनको पथ प्रर्दशकको रुपमा रहनु भएकी निर्मला गिरीको छोरा वितिसकेपछि छोराको सम्झनामा  निकालिएको गित हो यसको रचना निर्मला गिरीलेर्न गर्नुभएको हो स्वर मेरो हो संगित बिष्णु तामाङ्गको रहेको छ ।
अब कतिवटा गितहरु बजारमा आउने तयारी छन् ?
अहिले दुईवटा गितहरु रेकर्ड भएका छन् यसको सबै खर्च निर्मला  गिरीले गरिदिनुभएको छ । अब चाँडै बजारमा आउनेवाला छन् ।
अन्तिम लक्ष्य के राख्नु भएको छ ?
गायक बनेर आफ्नो र दैलेखको ईज्जत राख्ने गाउँ ठाउँ र आफ्नो नाउँ राख्ने ईच्छा छ यसका अलावा अध्ययन पनि मेरो रुचीको बिषय हो अध्ययन पनि गरिरहेको छु । मलाई आधुनिक गायन क्षेत्र मन पर्छ ।
अन्तमा धमाका दैनिक मार्फत के भन्न चाहनुहुन्छ ?
मेरो अत्यन्त मिल्ने साथी किमुँगाउँका बसन्त श्रेष्ठ सहित मलाई चिन्नुहुने सवैलाई धन्यावाद दिन चहान्छु । स्वर मात्र ठूलो कुरा हुँदोरहेनछ किनकी त्यो स्वरलाई परिचित गराउन स्थान दिने मान्छेहरुको निकै ठूलो भूमिका हुँदो रहेछ त्यसमा साथ दिने सवैलाई हृदयदेखी नै आभार व्यक्त गर्न चाहान्छु निर्मला गिरी पहिलो पात्र हुनुहुन्छ,त्यसपछि संगितकार सागर गौतम, दैलेखका उत्तम श्रेष्ठ, मोहन गौतम अनि      मेरा बुवा लगायत सवै जसले मलाई यो क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुभयो आज उहाँहरुको प्रेरणा नपाएको भए दैलेखमा मात्रै मेरो प्रतिभा सिमित हुने थियो मैले यती ठूलो अवसरनै पाउन सक्ने थिएन र अन्तमा धमाका दैनिक लगाएत सवैबाट पुनः पुनः सहयोग को आशा गर्दै सवै जिल्लावासिहरुलाई धन्यवाद भन्न चाहान्छु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार